Need Help ?
Call: +977- 027520029

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय इलाम !!!

नेपालको सुदुर पर्वको मध्य पहाडी भू-भागमा अवस्थित सुन्दर पर्यटकीय जिल्ला इलाम ८७ ४० पर्ूवदेखि ८८ १० पर्ूर्वी देशान्तर तथा २६४३० उत्तरदेखि २७८० उत्तरी अक्षांस सम्म फैलिएको छ । यसको पर्ूवतर्फ भारतको दार्जिलिङ, पश्चिमतर्फ मोरङ्ग र पाँचथर जिल्ला , दक्षिण तर्फ झापा जिल्ला र उत्तर्रतर्फ पाँचथर जिल्ला पर्दछन् । तीन निर्वाचन क्षेत्रमा विभाजित इलाम जिल्लामा नगरपालीकाको संख्या १ र गा.वि.स.को संख्या ४८ रहेको छ । समुन्द्र सतहवाट १८० मी देखि ३६३६ मी.सम्मको उचाईमा रहेको यस जिल्लाको कुल क्षेत्रफल १७०३ वर्ग कि.मी.छ । जिल्लाको सदरमुकाम इलाम १२९८ मी.को उचाइमा अवस्थित छ । समशीतोष्ण जलवायु भएको यस जिल्लाको औषत अधिकतम तापक्रम उचाई अनुसार ३१ं से. र न्यूनतम तापक्रम ० ं से.सम्म पुग्दछ । धेरैजसो कुहिरो र हुस्सुले ढाकिने यस जिल्लामा वषर्ा याममा वढी पानी पर्दछ ।
    व्यावसायिक कृषिमा आश्रति यो जिल्ला नगदेवाली प्रधान छ । चिया, अलैची, अदुवा, अम्लिसो, अल्लो, आलु, ओलन र अकबरे खर्ुसानी यहाँका प्रमुख नगदेवाली हुन् । यहाँको पर्यटकीय स्थलहरुमा श्रीअन्तु, कन्याम, सिद्धिथुम्का, सन्दकपुर र छिन्टापुहरु हुन् । बरबोटे र श्रीअन्तु गा.वि.स.मा होमस्टेको व्यवस्था रहेको छ  भने माईपोखरी, गजुरमुखी, सेतीदेवी, सिंहवाहिनी, माईस्थान, नारायणस्थान, माईवेनी आदि प्रख्यात धार्मिक स्थलहरु हुन् ।
    इलामको कुल जनसंख्या २,८२,८२२ मध्ये पुरुष १,४२,५३५-५०.३६%) ­ र महिला १,४०,२८७ -४९.६४%­) रहेको छ । जनजातीहरुको बाहुल्यता रहेको यस जिल्लामा लिम्वू, र्राई, मगर, गुरुङ्ग, शर्ेपा, ब्राहमण, क्षेत्री, लाप्चा, आदि जातजातिहरुको प्रमुख बसोवास छ भने र्राई, लिम्बू, नेपाली, मगर, गुरुङ्ग आदि भाषाहरु प्रमुख रुपमा बोलिन्छन् ।